१५ आश्विन २०८१, मंगलबार

मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने प्रधानमन्त्री ओलीको दावी


१८ फागुन, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवनको शिलान्यास गर्दै मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने दाबी गरेका छन् ।

ओलीले भने, ‘अबको नेपाल स्वच्छ हुन्छ किनभने लिडरसिपलाई केही लिनु छैन । मातहतका नजरमा गिर्नुछैन । ‘मैले बोलेको कुरामा फरक पर्योछ भने सार्वजनिक रुपमा औला ठड्याएर च्यालेन्ज गर्नुस् ।’

मातहतको व्यक्तिको नजर नगिर्नु नै भ्रष्टाचार अन्त्य गर्ने सूत्र भएको प्रधानमन्त्रीले सुनाए । त्यस्तैगरी सरकारले ढिला नगरी आवश्यकता अनुसार शैक्षिक जनशक्ति उत्पादन गर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !