८ मंसिर २०८१, शनिबार

ओलीका आसेपासेले कोरोना खोपमा ठुलो घोटाला गरेको सुदन किराँतीको आरोप


सुदन किराती File Photo

काठमाडौं । प्रतिनिधिसभाका सांसद सुदन किराँतीले गम्भीर महामारी संकटको बेला सांसदहरुको गतिविधि अशोभनीय भएको भन्दै अख्तियारको दुरुपयोग भएको बताएका छन् । सरकारले सिमित मात्रामा वितरण गरिरहेको खोपको लुछाचुडीमा स्वयंम सांसदहरुको सहभागिताले घटिया, लोभिपापी र अपराधि प्रवृत्ति प्रस्फुटित भएको दावी गरेका छन् ।

किराँतीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “अयो कोरोना महामारीको गम्भिर संकटकालिन घडीमा सांसदहरु र देशका ठुला ठालु भन्नेहरुको हर्कतले आज चौतर्फी आलोचना भएको छ । मेरो परिवार केहि नहोस अरुको परिवार जे सुकैहोस भन्ने घटिया लोभिपापी,अपराधी प्रबृतिको आम भण्डाफोर गर्नै पर्दछ । पदको आधारमा देश र जनताको हुर्मतलिनु सम्पूर्ण सिस्टम माथी नै हस्तक्षेप गर्नु अख्तियारको चरम दुरपयोग गर्नु नै हो । यस्तो भ्रष्टाचारी डकैती प्रवृत्तिलाई कडा छानबीन गरि कानुनको दायरामा ल्याई कारवाई गर्न सरकार संग जोड्दार माग गर्दछु । सम्पूर्ण जनतालाई खोप नपुगी म आफु खोप नलगाउने कुरा स्पष्ट गरिसकेको छु । जो जहाँ छौं आधारभुत स्वास्थ्यको मपदण्ड पालना गरौं आफु पनि बाँचौं र अरुलाई पनि बचाउँ भन्ने अपिल गर्दछु ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !