७ मंसिर २०८१, शुक्रबार

वालवालिकाका लागि आइसीयू र खोपको तयारी गर्न सरकारलाई देउवाको आग्रह


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वालवालिकाका लागि आइसीयू र खोपको तयारी गर्न सरकारलाई आग्रह गरेका छन् ।

सामाजिक संजाल फेसबुकमा आज लेख्दै उनले उनले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले वालवालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेको स्मरण गराएका छन् ।

त्यस्तै उनले सरकारलाई केन्द्र र सातवटै प्रदेशमा वालवालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड र आइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन सरकारलाई अनुरोध गरेका हुन् ।

उनले लेखेका छन्, ‘कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले वालवालिकालाई असर गर्ने विज्ञहरुले बताइरहेका छन् । म सरकारलाई केन्द्र र सातवटै प्रदेशमा वालवालिकाका लागि अस्पतालहरुमा विषेश वार्ड/आइसीयू लगायतको तयारी र १२ वर्षमाथिकालाई खोप सुरु गर्ने विषयमा पनि प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु ।’

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !