१५ असार २०८१, शनिबार

महन्थ र उपेन्द्रको सहमति १ घण्टा टिकेन : दुवैले पठाए संसद सचिवालयमा पत्र


महन्थ ठाकुर र उपेन्द्र यादव संयुक्त विज्ञप्ति

काठमाडौँ । अन्तत: लामो रस्साकस्सीपछि जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको आन्तरिक विवाद मत्थर गर्न सहमत भएको भनेर आएको समाचार १ घण्टा पनि टिकेन ।

आज अध्यक्षद्वय ठाकुर र यादवले आठ बुँदे संयुक्त विज्ञप्ति निकालेर तत्काल पार्टी सरकारमा सहभागी नहुने निर्णय गरेका छन् । उनीहरुले निकालेको संयुक्त विज्ञप्तिमा जसपा प्रतिपक्षमै रहने उल्लेख गरेसंगै तत्कालको लागि जसपा विभाजनवाट जोगिएको आभास भएको थियो ।

आज दिउसो मात्र जसपाको संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा दर्ता भएको थियो । पार्टीका अध्यक्ष महन्थ ठाकुरले महतो संसदीय दलको नेता चयन भएको पत्र मंगलबार संसद सचिवालयमा पठाएका थिए ।

तर संयुक्त विज्ञप्ति मार्फत पार्टी एकताको आह्वान गरेको केहि घण्टामै जसपाका अध्यक्षद्धय ठाकुर र यादवको सहमति भाँडिएको छ । ठाकुरले संसदीय दलको नेता राजेन्द्र महतो चयन भएको पत्र संसद सचिवालयमा पठाए लगत्तै यादवले सो पत्रलाई काउन्टर दिंदै हालसम्म जसपा संसदीय दलको नेता कोही पनि चयन नभएको पत्र संसद सचिवालयमा पठाएर स्पष्ट पारेका छन् ।

उनले कार्यकारिणी समितिबाट संसदीय दलको विधान अनुमोदित हुनुपर्नेमा हालसम्म सो नभएको समेत यादवले सचिवालयलाई जानकारी गराउदै यादवले दलको नेता चयन भनेर संचार माध्यममा आएका प्रचार भ्रमपूर्ण रहेको र कसैले जानकारी दिएकोमा भए त्यसलाई वैधानिकता नदिन संसद सचिवालयलाई आग्रह गरेका छन् ।

यस्तो छ ठाकुरले संसद सचिवालयमा पठाएको पत्र

यस्तो छ ठाकुरले संसद सचिवालयमा पठाएको पत्र

यस्तो छ यादवले संसद सचिवालयमा पठाएको पत्र

यस्तो छ यादवले संसद सचिवालयमा पठाएको पत्र

यसरी संसद सचिवालयमा आफ्नो दावी र स्पष्टिकरण दिंदै उपेन्द्र र महन्थको होडवाजी चलेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !