७ जेष्ठ २०८१, सोमबार

प्रधानमन्त्री ओली भन्छन्, ‘संसद जिवितै छ, नियमित प्रक्रियाबाटै बजेट आउँछ’


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा जिवितै रहेकाले नियमित प्रक्रियाबाटै बजेट आउने बताएका छन् । उनले अध्यादेशमार्फत बजेट ल्याउनेबारे पार्टी र सरकारमा कुनै छलफल नभएकोले संसद छँदै अध्यादेशबाट बजेट नल्याइने प्रष्ट पारेका छन् ।

आज आइतबार पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि वरिष्ठ नेता माधव नेपालसँगको ‘वान टु वान’ वार्तापछि सिंहदरबारमा पत्रकारहरूसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले भने, ‘प्रतिनिधिसभा जिवितै छ । अध्यादेशबाट बजेट ल्याउनेबारे छलफल भएको छैन ।’

आर्थिक वर्ष २०७८/०७९ को बजेट ल्याउने ढिलाइ भएपछि सरकारले अध्यादेशबाट बजेट ल्याउन सक्ने भन्दै चर्चा चलिरहेको बेला ओलीले नियमित प्रक्रियाबाटै बजेट ल्याउने बताएका हुन् । बजेटअघि नै संसद विघटन गरेर अध्यादेशबाट बजेट ल्याउने कतिपय गर्ने गरेको आशंकालाई प्रष्ट पार्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !