७ बैशाख २०८१, शुक्रबार

देउवा निवास बुढानिलकण्ठमा विपक्षी दलका शीर्ष नेताहरुवीच छलफल


शेरबहादुर देउवा, प्रचण्ड र उपेन्द्र यादव

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा विपक्षी तीन दलका शीर्ष नेताबीच छलफल जारी रहेको छ । आगामी रणनीति बनाउने बारेमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच आज शुक्रबार छलफल भएको हो ।

देउवाका सचिअलयले दिएको जानकारी अनुसार बैठकमा तीन शीर्ष नेताका साथै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी भएका छन् ।

विपक्षी दलहरूले वैकल्पिक सरकार बनाउने तयारी गरे पनि हिजो बिहीबार भने असफल भएका थिए । वैकल्पिक सरकार निर्माणमा सफल हुन नसक्नुको कारणबारे पनि छलफलमा समीक्षा भइरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते सोमबार विश्वासको मत लिन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दललाई बहुमतको सरकार निर्माणका लागि आह्वान गरेकी थिइन् । तर बिपक्षी दलहरुले बहुमत दाबी पेश गर्न सकेनन् ।

गत सोमबार प्रतिनिधि सभामा ओलीले विश्वासको मत लिन सकेका ओली हिजो बिहीबार बेलुकी पुन: प्रधानमन्त्री नियुक्त भएका थिए । संविधानको धारा ७६ (३) अनुसार प्रधानमन्त्री भएका ओलीले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !