१५ बैशाख २०८१, शनिबार

माधव नेपालले बोलाए आफ्ना समूहका केन्द्रीय सदस्यहरुको बैठक


माधव नेपाल फाइल फोटो

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल-झलनाथ खनाल समूहले केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । स्रोतका अनुसार नेपालले बिहीबार प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र आफूबीच भएको सहमतिबारे जानकारी दिन आफू निकट नेताहरुको बैठक बोलाएका हुन् ।

बैठक शुक्रबार दिउँसो २ बजे भर्चुअल माध्यमबाट गरिने भएको छ । हिजो बिहीबार अध्यक्ष ओलीसँग भएको सहमतिबारे शीर्ष नेताहरूमाझ जुममार्फत छलफल भएको छ । बैठकमा नेपालले हिजो भएको सहमतिबारे स्थायी कमिटी सदस्यहरूलाई ‘ब्रिफिङ’ गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !