७ बैशाख २०८१, शुक्रबार

ओली पुन: प्रधानमन्त्री नियुक्त भएपछि गगन थापाले गरे यस्तोसम्म कटाक्ष

ओलीलाई गगनको आग्रह : संक्रमित र जीवन गुमाउनेको संख्या घटाउन ध्यान दिऔं


गगन थापा

काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका नेता गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुन: प्रधानमन्त्रीमा नियुक्त भएपछि अब केही समयलाई सांसदको संख्या गन्ने काम रोकिएला नै भनेर कटाक्ष गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज राती लेख्दै उनले प्रधानमन्त्री ओलीलाई संक्रमित र जीवन गुमाउनेको संख्या घटाउन ध्यान दिन आग्रह समेत गरेका छन् ।

२७ गते संसदको विशेष अधिवेशनमा आफूले मागेको विश्वास मतमा सांसदले सोधेका प्रश्नहरुको उत्तर दिने क्रममा प्रधानमन्त्री ओलीले सांसदको टाउको गन्ने अंकगणितले गर्दा आम जनमतको कदर नगर्ने भन्दै आफूलाई विश्वासको मत नदिएमा संसद विघटन गरी मध्यावधि निर्वाचनवाट आफू पुन: प्रधानमन्त्री हुने दृढता व्यक्त गरेका थिए । त्यसको कटाक्ष गर्दै थापाले ओलीलाई व्यंग गरेका हुन् ।

उनले लेखेका छन्, ‘प्रममा केपी ओलीको पुन:नियुक्तिसंगै अब केही समयलाई सांसदको संख्या गन्ने काम रोकिएला नै । @PM_Nepalज्यू अब त संक्रमित र जीवन गुमाउनेको संख्या घटाउन ध्यान दिऔं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !