१३ बैशाख २०८१, बिहिबार

बूढानीलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक जारी, के गर्ला त निर्णय ?


नेपाली काँग्रेस बैठक फाइल फोटो

काठमाडौं । नयाँ सत्ता समीकरणको प्रधानमन्त्रीको सपना देखेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी एवं पूर्व पदाधिकारीहरुको बोलाएको बैठक बूढानीलकण्ठमा जारी रहेको छ ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताहरूसँगको छलफललगत्तै देउवाले पदाधिकारी बैठक डाकेका हुन् । बैठकमा नयाँ सरकार निर्माणका लागि भइरहेका प्रयासबारे छलफल हुनेछ ।

यता नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरिएको कारबाही फुकुवा गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार बिहान बसेको स्थायी कमिटी बैठकले पार्टीको एकतालाई ध्यानमा राखी पार्टीका नेताहरू माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेको निलम्बन फिर्ता लिने निर्णय गरेको हो । एमाले एक हुने देखेपछि देउवा र प्रचण्ड आत्तिएका छन् ।

यही वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनमा प्रधानमन्त्री एवं सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीका पक्षमा विश्वासको मत नपुगेपछि दुई वा दुई भन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज राति ९ बजे सकिँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !