काठमाडौँ । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले माधव नेपालसहित चार नेतामाथिको कारवाही फुकुवाले पार्टी एक भएर अगाडि बढाउने बताएकी छन्। बिहिबार बालुवाटारमा बसेको एमाले स्थायी कमिटि बैठकले यो निर्णय गरेसंगै चौधरीले यस्तो बताएकी हुन्।
उनले सामाजी संजाल फेसबुकमा लेखेकी छन्, “कमरेड माधव नेपाल , सुरेन्द्र पाण्डे, भिम रावल, घनश्याम भुसालसहित चार नेतामाथिको कारवाही फुकुवा भए छ ,यो कारवाही फुकुवाले पार्टी एक भएर अगाडि बढाउने भएछन नेता कमरेड हरुले भन्ने आसा जगाएको छ।”