१२ श्रावण २०८१, शनिबार

कर्णाली सरकारमा दुई मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री शाहीले थपे तीन मन्त्री


कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही

काठमाडौँ । कर्णाली प्रदेश सरकारका दुई मन्त्री जना मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उक्त राजीनामा स्वीकृत गर्दै उनीहरुको ठाउँमा दुई जना र एउटा मन्त्रालय फुटाएर एक जना गरी तीन जना मन्त्री नियुक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले रुकुम पश्चिमका गोपाल शर्मालाई आर्थिक मामिला तथा योजना मन्त्री, सुर्खेतका विन्दमान विष्टलाई आन्तरिक मामिला तथा योजना मन्त्री र समानुपातिक सांसद सीता नेपालीलाई जलस्रोत तथा ऊर्जा मन्त्रीको रुपमा नियुक्ति गरी प्रदेश प्रमुख समक्ष सिफारिस गरेका हुन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी र आर्थिक मामिला तथा योजनामन्त्री विमला केसीले आज बिहान राजीनामा दिएपछि मुख्यमन्त्री शाहीले राजीनामा स्वीकृत गरी उनीहरुको ठाउँमा दुई जना मन्त्री नियुक्त गरेका हुन् भने पूर्वाधार विकास मन्त्रालय फुटाएर जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाएर सीता नेपालीलाई जिम्मेदारी दिएका हुन् ।

प्रदेश प्रमुखको कार्यालयसँग आवश्यक सल्लाह गरेपछि नवनियुक्त मन्त्रीहरुको आजै बुधवार सपथ ग्रहण हुने बताइएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !