१५ असार २०८१, शनिबार

प्रचण्ड-माधवसहित यी ६ नेताहरुलाई गाली गर्दै बस्नेतले गरे ७ बुँदे घोषणापत्र सार्वजनिक


महेश बस्नेत फाइल फोटो

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले सात बुँदे आफ्नो धारणा सार्वजनिक गरेका छन् । नेता बस्नेतले ७१ बर्ष पछाडी कम्युनिष्ट हरुले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चडाउन कम्मर कसेर लागेका प्रचण्डहरुको क्रान्तिकारीपन देखिएको बताएका छन्।

बस्नेतको नजरमा ६ नेताको ७ बुँदे दष्टिकोण

१) ७१ बर्ष पछाडी कम्युनिष्ट हरुले प्राप्त गरेको सत्ता दक्षिणपन्थीको पाउमा चडाउन कम्मर कसेर लागेका प्रचण्ड हरुको क्रान्तिकारीपन पनि देखियो।
२) जनताको प्यारो पार्टी फुटाएर भएपनी उग्रवामपन्थी र दक्षिण पंथीको घोडा बन्न तयार माधब नेपालहरुको विधि र अनुशासन पनि देखियो।
३) बिगतमा सत्तामा रहदाँ भ्रष्टाचार, अनियमितता र कुशासन दिने काँग्रेस नेताहरुका नौटंकी फेरि देखिदैछ।
४) पद र पैसा भने पछि जिउ ज्यान छाड्ने आफू मन्त्री होउन जेल तेही सरकार क्रान्तिकारी र आफू भ्रष्ट र असफल भएर फालिए पछी प्रतिगामी , संबिधान संशोधन र मधेसी आन्दोलनका मुद्धामा मतलब छैन कुर्सिको लागि जे पनि गर्ने उपेन्द्र यादबको मधेस मोह पनि हेरियो।
५) आठओटा पार्टी फेरेर प्रबेश गरेको जसपालाइ फोर्न प्रचण्ड र राम चन्द्रहरुको गोटी बन्ने अफ्नो साँसदहरुलाइ एक ठाउमा राख्न नसक्ने अनि प्रधानमन्त्री र राष्ट्रपतिलाई सराप्ने बाबुरामको कुण्ठापनी देखियो।
६) राष्ट्रियता जनताको बिकाश, समृद्धि र कोबिडको महामारी बिरुद्ध सशक्त नेतृत्व दिन सक्ने एमाले र प्रधानमन्त्री के पी ओली नै हो कुनै भ्रममा नपरी हाम्रो पकति अभियान बनाएर लागौं।
७) श्याल हुँइया गर्नेहरुको भबिष्य छैन। आबास्यक प्रतिरोध गरौं।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !