२६ बैशाख २०८१, बुधबार

नयाँ प्रधानमन्त्री बन्न सभापति देउवा सक्रिय : बोलाए कांग्रेस पदाधिकारी बैठक


कांग्रेस बैठक

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सभापति देउवाले दिउँसो तीन बजे बुढानिलकण्ठमा पदाधिकारी बैठक बोलाइएको हो । पदाधिकारी बैठक पछि अन्य पक्षसँग पनि बैठक बोलाउने तयारी भएको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत गुमाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारसम्म संविधानको धारा ७६ (२) अनुसार दुई वा दुई भन्दा बढी दलहरुको सरकार गठनका निम्ति आह्वान गरेकी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !