१३ आश्विन २०८१, आइतबार

सर्वदलीय बैठक आज बस्दै


Decorating-Constituent-Assembly-building

६ फागुन, काठमाण्डौ । संघीय संसद सचिवालयले सर्वदलीय बैठकको लागि आज बोलाएको छ । संसदको पहिलो बैठकको कार्यसूची लगायतका विषयमा छलफल गर्न संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिलाई बोलाइएको हो ।

दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा दुवै सभाका अन्तरिम कार्यविधिबारे छलफल हुनेछ । पहिलो बैठकले पारित गर्नुपर्ने भएकाले कार्यविधिबारे पनि सर्वदलीय बैठकमा छलफल गर्न लागिएको हो ।

बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुको शपथ ग्रहणको तयारीका विषयमा पनि छलफल हुने संसद सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले जानकारी दिए ।

दुवै सभाका सदस्यहरुको शपथ फागुन २० गते र पहिलो बैठक २१ गतेका लागि तय गरिएको छ । ‘शपथ ग्रहण र बैठकको तयारीबारे पनि दलका प्रतिनिधिलाई स्थलगत जानकारी गराइने कार्यक्रम पनि रहेको छ’ गौतमले भने ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !