५ जेष्ठ २०८१, शनिबार

राष्ट्रपति भण्डारीद्वारा आह्वान गरेको बहुप्रतिक्षित संसद्‍को विशेष बैठक शुरु


प्रतिनिधिसभा फाइल फोटो

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आज वैशाख २७ गतेका लागि आह्वान गरेको संसद्‍को विशेष बैठक शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपतिबाट प्रतिनिधिसभाको अधिवेशन आह्वान भएको हो ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा नेपालको संविधानको धारा १०० को उपधारा १ बमोजिम प्रधानमन्त्री ओलीले आफूमाथि विश्वासको मत छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक ठानेकाले सोही प्रयोजनका लागि आज दिउसो १ बजेका लागि प्रतिनिधिसभाको अधिवेशन आह्वान
भएको थियो ।

तर बैठक पूर्वनिर्धारित समयमा शुरु हुन नसकी केहि ढिलो शुरु भएको हो । प्रधानमन्त्री ओलीलाई उनकै दल एमालेको नेपाल समूहले सांसदहरु प्रतिनिधिसभाको बैठकमा उपस्थित नहुने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत पाउने सम्भावना न्यून रहेको देखिन्छ ।

यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालले भने आफ्नो स्वविवेकले मतदान गर्ने वा नगर्ने अधिकार आफ्ना सांसदलाई दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !