नेकपा एमालेकी नेत्री शान्ता चौधरीले एक मुक्तकमार्फत एमाले बरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई पार्टी छाडेर नजना आग्रह गरेकी छन्। चौधरीले नेपाल समूहलाई पार्टी छाडेर नजना आग्रह गर्दै मुक्तक लेखेकी छन्।
नेपाल समूहले आज पार्टी छाडेर जाने तयारीमा छ। सामुहिक राजीनामा दिने तयारीमा रहेका यी समूहका सांसदहरु आज राजीनामा दिने अन्तिम निर्णय गर्ने छ। चौधरीले सामाजिक संजालमा लेखेकी छन्, “हामीलाई हिंड्न सिकाएको बाटो आज तपाईं छोडेर नजानु
दरिलो बनाउँ बिचारको नाता भो तोडेर नाजानु !!
फर्किनु कमरेड फर्किनु यतै , बर्गिय नाता तोडेर नजानु
आस्थाका बैरीसँग सम्बन्ध जोडी बाटो मोडेर नजानु !!
फर्किनु कमरेड , फर्किनु …..”