१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेद्वारा ह्वीप जारी (पत्रसहित)


बिशाल भट्टराई

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्‍वासको मत दिन आफ्ना पार्टीका सांसदहरुलाई ह्‍वीप जारी गरेको छ ।

मुख्य सचेतक विशाल भट्टराईले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा २८ र नेकपा एमाले संसदीय दलको विधान,२०७७ को धारा २४ बमोजिम पार्टी संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मतको पक्षमा मतदान गर्न सांसदहरूका नाममा ह्वीप जारी गरेका हुन् ।

कोभिड-१९ का कारण प्रतिकूल अवस्था उत्पन्न भएकोले संसदीय दलको बैठक बस्न नसकेपनि संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीको निर्देशन अनुसार ह्वीप जारी गरिएको भट्टराईद्वारा जारी गरिएको ह्वीपमा उल्लेख छ ।

प्रमुख सचेतक भट्टराईले एमाले सांसदहरूरुलाई पत्र लेखी सोमबारको प्रतिनिधिसभा बैठकमा उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि सोमबार दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बोलाइएको छ ।
प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन एमालेद्वारा ह्वीप जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !