३ असार २०८१, सोमबार

मन्त्रिपरिषद्को निर्णय : कोरोना संक्रमित सांसदलाई मतदानस्थलको व्यवस्था गरिने


मन्त्रिपरिषद् बैठक फाइल फोटो

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमित सांसदलाई मतदानस्थलको व्यवस्था गरिने भएको छ । आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आकस्मिक मन्त्रपिरिषद् बैठकले सो निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमवार आह्वान गरेको प्रतिनिधिसभाको विशेष अधिवेशनमा विश्वासको मत लिने प्रक्रियामा कोरोना संक्रमित सांसदहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा समेत छलफल भएको एक मन्त्रीले बताए ।

आज शनिवार साँझसम्म २६ जना सांसदमा कोरोना संक्रमण देखिएको छ भने ५० जनाको अझै रिपोर्ट आउन बाँकी रहेको छ । आज कोरोना संक्रमण पुष्टि १९ जना सांसदमध्ये १८ जना प्रतिनिधिसभाका सदस्य हुन भने राष्ट्रियसभाका १ जना सांसदमा मात्र संक्रमण देखिएको छ ।

संसद्‍ सचिवालयमा स्वाब संकलन गर्नुअघि नै ८ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन रहेसँगै संक्रमित सांसदको कुल संख्या २६ जना पुगेको हो । कोरोना संक्रमित सांसदलाई संसद भवनभित्रै एक ठाउँमा राखेर मतदानको व्यवस्था गर्नेबारे छलफल भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !