१२ बैशाख २०८१, बुधबार

प्रधानमन्त्री ओलीप्रति खनिए गगन थापा, गलत प्रचार किन गरेको ?


गगन थापा फाइल फोटो

काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली काँग्रेसका यूवा नेता गगन थापा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आक्रोशित भएका छन् । आज दिउसो सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले प्रधानमन्त्री ओलीले गलत प्रचार गरेको भएर आपत्ति जनाएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले केही दिन अघिसम्म अक्सिजनमा समस्या छैन, सिलिन्डरको कमी हो, भर्न अभाव हुँदैन भनेर प्रचारबाजी गरेको आरोप लगाएका छन् ।

तर अहिले काठमाडौँभित्रकै र बाहिरका कयौँ अस्पतालमा अक्सिजन पून: भर्न नपाएर सञ्चालक र स्वास्थ्यकर्मी अत्तालिएका छन् लेख्दै उनले आजका दिनमा यो भन्दा आकस्मिक कार्य के छ तपाईँको ? भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन्, ‘@PM_Nepalज्यू केही दिन अघिसम्म अक्सिजनमा समस्या छैन,सिलिन्डरको कमी हो,भर्न अभाव हुँदैन भनेर प्रचारबाजी हुँदैथियो।अहिले काठमाडौँ बाहिर मात्र हैन भित्रकै कयौँ अस्पतालमा अक्सिजन पून: भर्न नपाएर सञ्चालक र स्वास्थ्यकर्मी अत्तालिएका छन्।आजका दिनमा यो भन्दा आकस्मिक कार्य के छ तपाईँको ?’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !