७ जेष्ठ २०८१, सोमबार

उपेन्द्रजी सरकारमा जाँदा राम्रो हुन्छ : मुख्यमन्त्री राउत


babu

१५ फागुन, काठमाण्डौ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेश राख्ने बताएका छन् । यद्धपी उनले राजधानी जनकपुर कि विरगन्ज कहाँ हुने भन्नेबारे अहिले पनि छलफल जारी रहेको बताए ।

उनले भने,‘प्रदेशको नाम मधेश रहन्छ, राजधानीको सवालमा भने जनकपुर कि विरगन्ज कहाँ राख्ने भन्नेबारे छलफल जारी नै छ ।’

मंगलबार पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले आफूहरु मन्त्रिमण्डल विस्तार गर्ने आन्तरिक तयारीमा जुटिसकेको पनि जानकारी दिए । उनले थपे,‘ एक÷दुई दिनभित्रै हामी मन्त्रि नियुक्ती गर्छौं ।’

फरक प्रसँगमा उनले मधेश आन्दोलनमा सहादत प्राप्त गरेका सहिदका परिवारलाई ५० लाख दिलाउनको लागि आफूले पहल गर्ने पनि जनाए । उनले भने,‘हिजोको दिनमा हामीले दिन्छौं भनेर बोलेकै हो, त्यसैले म यसको लागि पहल गर्छु ।’

मुख्यमन्त्री राउतले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी हुनको लागि सुझाव दिएका छन् । उनले भने,‘उपेन्द्रजी सरकारमा जाँदा राम्रो हुन्छ ।’-रिपोर्टर्स नेपाल


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !