५ जेष्ठ २०८१, शनिबार

बहुदलीय लोकतन्त्रमा रुख र गोलाकार बेपत्ता भएको निर्दलीय उम्मेदवार : गोकुल बास्कोटा


गोकुल बाँस्कोटा

काठमाडौँ । चर्चित पूर्व संचारमन्त्री तथा नेकपा एमालेको ओली समूहका संसद गोकुल बास्कोटाले बहुदलीय लोकतन्त्रमा रुख र गोलाकार बेपत्ता भएको निर्दलीय उम्मेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ ? भनेर नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रलाई कटाक्ष गरेका छन् ।

सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै उनले एक एमाले बिरुद्ध चार निर्दलीय महागठबन्धन भएको भन्दै खिल्ली उढाएका छन् । साथै उनले शायद आउने चुनाबको युद्ध अभ्यास पनि यस्तै हुने संकेत गरेका छन् ।

हिजो मात्र वाग्मती प्रदेशमा राष्ट्रियसभामा रिक्त एक सदस्यका लागि प्रदेश निर्वाचन कार्यालय वाग्मती प्रदेश हेटौँडामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दलका समर्थनमा डा. खिमलाल देवकोटाले उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएपछि बास्कोटाको यस्तो प्रतिक्रिया आएको हो ।

उनले लेखेका छन्, ‘बहुदलीय लोकतन्त्रमा रुख र गोलाकार बेपत्ता भएको निर्दलीय उमेदवार बोकेर लोकतन्त्र संरक्षणको चटक देखाउनुले के बताउँछ?एक एमाले बिरुद्ध चार निर्दलीय महागठबन्धन हाहाहा ! शायद आउने चुनाबको युद्धअभ्यास होला ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !