११ पुस २०८१, बिहीबार

पैसाले सत्ता किन्ने, सत्ताले पैसा कमाउने प्रवृत्तिलाई रोक्न अर्थमन्त्रीलाई बाबुरामको सुझाव


Dr-Baburam-Bhattarai

१५ फागुन, काठमाण्डौ । नवनियुक्त अर्थमन्त्री डा.युवराज खतिवडालाई नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीटर मार्फत सुझाव दिएका छन् ।

भट्टराईले ट्वीटरमा लेखेका छन्- नयाँ अर्थमन्त्रीले राष्ट्रिय धन्दा बनेको पैसा कमाउने,जग्गा किनेर जग्गा बेच्ने,पैसाले सत्ता किन्ने,सत्ताले पैसा कमाउने,प्रवृत्तिलाई रोक्न आग्रह गरेका छन् ।

त्यस्तै,उत्पदान बढाउ,नाफा कमाउ,कर बुझाउ,’भ्रष्ट र कमिसनखोर,बस सदरखोर,’दुई अंकको वृद्धिदर,दुई दशक निरन्तर’ नारा लागु गरे देश बन्छ भन्दै भट्टराईको नवनियुक्त अर्थमन्त्रीलाई सुझाव दिनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !