१३ बैशाख २०८१, बिहिबार

राष्ट्रपति भण्डारीद्वारा रेल्वे अध्यादेश जारी


विद्यादेवी भण्डारी फाइल फोटो

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधान बमोजिम रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् । उक्त अध्यादेश जारी भएसंगै जनकपुर जयनगर रेलमार्गमा रेल सञ्चालनका लागि कानुनी बाटो खुल्ने भएको छ ।

संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्का सिफारिशमा सो अध्यादेश जारी गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !