१३ बैशाख २०८१, बिहिबार

सरकारले दिएका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्छु : प्रदेश प्रमुख पौडेल


सीताकुमारी पौडेल

भरतपुर । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेललाई गृहजिल्ला चितवनमा स्वागत तथा सम्मान गरिएको छ । प्रदेश प्रमुख नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला आएकी उनलाई आज जिल्लाका नेता तथा कार्यकर्ताले स्वागत सम्मान गरेका हुन् ।

राप्ती नगरपालिका वडा नं ७ स्थित आफ्नै निवासमा सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना गरी उनले नेताकार्यकर्तालाई भेट गर्दै उनले सरकारले दिएका जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिने बताइन् ।

लामो समयदेखि कम्युनिष्ट पार्टीमा आबद्ध उहाँले प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार तथा एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघका अध्यक्ष भएर काम गरिसकेकी छन् । पौडेल गण्डकी प्रदेशका तेस्रो प्रदेश प्रमुख हुन् । यसअघि नै प्रदेश प्रमुखका रुपमा बाबुराम कुँवर र अमिक शेरचनले काम गरिसकेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !