६ जेष्ठ २०८१, आइतबार

एमाले र माओवादी केन्द्रद्वारा संयुक्त दस्तावेज लेखन तयारी सुरु


amale and mayobadi

१३ फागुन, काठमाण्डौ । एमाले र माओवादी केन्द्रवीच पार्टी एकताको तयारीमा रहेका दुई पार्टीले संयुक्तरुपमा माधव नेपालको संयोजकत्वमा बैचारिक दस्तावेज लेखन कार्यदलले तयारी सुरु गरेका छन् । आइतबार बसेको कार्यदलको बैठकले सोमबारदेखि संयुक्तरुपमा दस्ताबेज लेख्ने निर्णय गरेको हो ।

बैठकले नारायणकाजी श्रेष्ठ, देवगुरुङ, र भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको दस्ताबेज लेखन उपसमिति समेत गठन गरेको माओवादी नेता शक्ति बस्नेतले बताए । उनका अनुसार दुवै पार्टीका दस्ताबेज भोली सम्म संकलन गरेर कार्यदलले दस्ताबेज लेखनको तयारी गर्ने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !