६ जेष्ठ २०८१, आइतबार

जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएलगत्तै मन्त्री पण्डितले थाले यस्तो कारवाही


lal babu pandit

१३ फागुन, काठमाण्डौ । वातावरीणय मूल्याङ्कन नगरी पूर्वाधार बिस्तार गर्ने पाँचतारे होटल कारवाहीमा परेका छन् । जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएलगत्तै मन्त्री लालबाबु पण्डितले वातावरणीय मूल्याङ्कन नगर्ने होटल, अस्पताल र उद्योगमाथि कारबाही थालेका हुन् ।

मन्त्री पण्डितको सचिवालयका अनुसार नियम मिचेर पूर्वाधार विस्तार गर्ने सोल्टी होटल, सिटी होटल, द्वारिकाज होटल र काठमाडौं गेष्ट हाउसमाथि कारवाही चलाइएको हो । ती होटलले वातावरणीय मूल्याङ्कन नगरी होटल सञ्चालन तथा पूर्वाधार विस्तार गरेको भन्दै मन्त्री पण्डिले प्रतिहोटल एक–एक लाख रुपैयाँ जरिवाना तिराएका स्वकीय सचिव ओसिस आलोमले जानकारी दिए । ‘ती होटललाई छिट्टै मापदण्ड पूरा गर्न पनि निर्देशन दिइएको छ’, आलमले भने ।

त्यस्तै अरनिको आबु सिमेन्टले दाङको सतबरियामा सिमेन्ट उद्योग खोल्न वातावरणीय मूल्याङ्कन गरेर तनहुँमा सिमेन्ट उद्योग चलाएको भन्दै ५० हजार जरिवाना गरिएको छ ।वातावरणीय मूल्याङ्कन नगर्ने कमला रोलिङ प्रालि र काठमाडौं दूध वितरण आयोजना बालाजुलाई पनि ५० हजार जरिवना गरिएको छ । तोकिएको मापदण्ड छिट्टै पूरा नगरे थप कारवाही हुने आलोमले जानकारी दिए ।

त्यसैगरी मन्त्री पण्डितले नेपाल नेशनल अस्पताल काठमाण्डौ, अन्तराष्ट्रिय मैत्री बाल अस्पताल, काठमाण्डौ मोडेल अस्पताल र काठमाण्डौ अस्पताल त्रिपुरेश्वरलाई कारवाही गर्न जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिएका छन् । मन्त्री पण्डितले नियम मिच्ने अन्य उद्योग, होटल र अस्पताललाई पनि कारवाही निर्देशन दिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !