१२ आश्विन २०८१, शनिबार

नेवि संघद्वारा देउवालाई चस्मा उपहार


sher badhur deuwa

१३ फागुन, काठमाण्डौ । नेपाल विद्यार्थी संघ आबद्ध नेता, कार्यकर्ताले कांग्रेसभित्र तीव्र गुटबन्दी अन्त्यको माग गर्दै आइतबार केन्द्रीय कार्यालयमा केहीबेर धर्ना दिएका छन् । झन्डा, ब्यानरसहित बिहान करिब ९ बजे सानेपा कांग्रेस कार्यालय पुगेका नेवि संघका कार्यकर्ताले मूलढोकामा धर्ना दिँदै नाराबाजी समेत गरेका थिए ।

केन्द्रीय कार्यसमिति बैठकका लागि पार्टी कार्यालय पुगेका सभापति शेरबहादुर देउवालाई विद्यार्थी नेताले चश्मा उपहार पठाएका छन् । विधि र विधान अनुरुप चल्नका लागि अध्याँरोवाट उज्यालोमा आउने सन्देश स्वरुप चश्मा उपहार दिएको विद्यार्थीले बताएका छन् ।ग्लास

विद्यार्थीले ‘जिद्दीले होइन विधिले चलौ, वेथितिले होइन विधिवाट चलौं’ भन्दै पार्टी भित्रको वेथितिका बारेमा केन्द्रीय कार्यालय परिसरभित्रै चर्को नाराबाजी गरेका थिए । केन्द्रीय महाधिवेशन भएको झण्डै डेढ बर्ष भईसक्दा पनि जिल्ला तथा क्याम्पसको अधिवेशन नभएको, नेविसंघका सभापतिले मनोमानी ढंगमा क्याम्पसका अध्यक्ष तोक्ने काम गरिएको असन्तुष्ठ विद्यार्थीले आरोप लगाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !