काठमाडौँ । लुम्बिनी प्रदेश सभा सदस्य विमला वलीले आफ्नै खुसीले माओवादी केन्द्रलाई रोजेको बताएकी छन् । आफूलाई कसैले माओवादीमा लाग्न दबाब नदिएको र आफूले राजीखुसी पार्टी छानेको बताएकी छन् ।
आइतबार लुम्बिनीमा पत्रकार सम्मेलन गर्दै वलीले आफू निर्वाचित भएर आउँदा एमाले र माओवादी एकजुट रहेको, त्यतिबेला को माओवादी र को एमाले भन्ने आफूलाई थाहा नभएको उनको भनाइ थियो ।