७ मंसिर २०८१, शुक्रबार

माओवादी केन्द्रमा प्रवेश गरेकी विमला वली एकाएक ‘सम्पर्कविहीन’


बिमला वली फाइल फोटो

काठमाडौं । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी वली सम्पर्कविहीन बनेकी छन् । आइतबार मात्र नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी उनी अहिले सम्पर्कविहीन बनेको स्रोतले बतायो ।

वलीलाई आइतबार नै माओवादी प्रवेशको औपचारिक जानकारी दिने माओवादीको तयारी थियो । आइतबार राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेलको एकल बहुमत पुग्ने आकलन गरिएपनि वली माओवादीमा प्रवेश गरेपछि पोखरेलको बहुमत गुमेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !