नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अन्तराष्ट्रिय श्रमिक दिवस (मे डे) को अवसरमा स्वदेश तथा विदेशमा बस्नु हुने सम्पूर्ण श्रमजिवि समुदायहरुमा हार्दिक शुभ कामना व्यक्त गरेका छन्।
देउवाले सामाजिक संजालमा एक स्टाटस लेख्दै भनेका छन्, “~~मे दिवसको शुभकामना~~
अन्तराष्ट्रिय श्रमिक दिवस (मे डे) को अवसरमा स्वदेश तथा विदेशमा बस्नु हुने सम्पूर्ण श्रमजिवि समुदायहरुमा हार्दिक शुभ कामना व्यक्त गर्दछु । नेपाली कांग्रेसको नेतृत्त्वमा २००३ सालमा विराटनगर जुट मिलबाट श्रमिकहरुको हक, हित र अधिकारको माग गर्दै श्रमिक आन्दोलन सुरु भएको थियो । म आज मे दिवसको दिनमा विराटनगर जुट मिलको आन्दोलनको स्मरण गर्दै
फेरि पनि सबैमा शुभ कामना व्यक्त गर्दछु ।
जय नेपाल ।”