७ जेष्ठ २०८१, सोमबार

राष्ट्रियसभा सदस्यको सिफारिसवाट फिर्ता भएका उमेदवारद्वारा सर्वोच्च अदालतमा रिट दायर


सर्वोच्च अदालत

११ फागुन, काठमाण्डौ । राष्ट्रियसभा सदस्यको लागि सिफारिसमा परेका तर मनोनित नभएका तीन जना सर्वोच्च अदालत पुगेका छन् ।

शेरबहादुर देउवा सरकारले राष्ट्रपतिलाई राष्ट्रिय सभा सदस्यका लागि देउवा सरकारले सिफारिस गरेका गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीलाई सिफारिस गरेको थियो, तर केपी ओली नेतृत्वको सरकारले उनीहरुको सिफारिस फिर्ता लिँदै नयाँ तीन जनालाई सिफारिस गरेपछि सर्वोच्चमा रिट दायर गरेका हुन् ।

ओली सरकारले उनीहरुको सिफारिस फिर्ता लिँदै युवराज खतिवडा, रामनारायण विडारी र विमला पौडेल राईलाई सिफारिस गरेको थियो । उनीहरुलाई राष्ट्रपतिले राष्ट्रिय सभा सदस्यमा मनोनयन गरिसकेकी छन् ।आफुहरुलाई विस्थापित गरी अन्य तीन जनालाई मनोनयनका लागि सिफारिस गर्नु र कार्यान्वयन गर्नुको बैध कारण नभएको उनीहरुले रिटमा उल्लेख गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !