७ बैशाख २०८१, शुक्रबार

दीपक मनाङ्गे मन्त्री बनेपछि अध्यक्ष रूपनारायण श्रेष्ठले दिए यस्तो प्रतिक्रिया


रूपनारायण श्रेष्ठ, दीपक मनाङ्गे

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् विस्तार गरेका छन् । स्रोतका अनुसार सांसद दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङलाई मन्त्री बनाएका हुन् ।

स्वतन्त्र सांसद मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको स्रोतले बतायो ।

मनाङ्गे मन्त्री बनेपछि समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुप नारायण श्रेष्ठले आपत्ति जनताएक छन्। श्रेष्ठले स्कुलेजीवनदेखि शुर्य चिन्हको झण्डा बोकेर जनताको बहुदलीय जनवाद- जिन्दावाद! भन्दै राजनीतिमा आफ्नो करियर खोज्दै ४० बर्षदेखि मन्त्री बन्न प्रतीक्षरत कयौं कार्यकर्तालाई उछिनेर मन्त्री बन्न सफल दिपक मनाङ्गेलाई बधाई दिएका छन्।

उनले सामाजिक संजाल बेस्बुकमा लेखेका छन्, “स्कुलेजीवनदेखि शुर्य चिन्हको झण्डा बोकेर जनताको बहुदलीय जनवाद- जिन्दावाद! भन्दै राजनीतिमा आफ्नो करियर खोज्दै ४० बर्षदेखि मन्त्री बन्न प्रतीक्षरत कयौं कार्यकर्तालाई उछिनेर मन्त्री बन्न सफल दिपक मनाङ्गेलाई बधाई।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !