३ मंसिर २०८१, सोमबार

बालुवाटार बैठकमा सहभागी एमाले नेतामा कोरोना संक्रमण, प्रधानमन्त्री पनि कन्ट्याक्ट ट्रेसिङमा


एमालेको महाधिवेशन आयोजक समितिको बैठक फाइल फोटो

काठमाडौं । सतारुढ दल नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठकमा सहभागी भएका ३ यूवा नेतामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पनि कन्ट्याक्ट ट्रेसिङमा परेका छन् ।

कोरोना संक्रमण पुष्टि हुनेहरुमा उर्जा मन्त्री एवं स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्यद्वय विष्णु रिजाल र खिमलाल भट्टराई रहेका छन् । रिजाल र भट्टराई गत सोमबार अध्यक्ष ओलीले बालुवाटारमा बोलाएको एमाले १० औं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकमा सहभागी भएका थिए ।

सोमबारको बालुवाटार बैठकमा सहभागी भएका नेता भट्टराईल बैठकमा पछिल्तिर बसेको थिएँ भने रायमाझी प्रधानमन्त्री ओलीसहित एमालेका शीर्ष नेताहरूको पछिल्लो लहरमा बसेका थिए । रायमाझी त्यसपछिको मन्त्रिपरिषद् बैठकमा पनि सहभागी भएका थिए ।

रायमाझी थप उपचारका लागि सैनिक अस्पतालमा भर्ना भएका छन् भने भट्टराई र रिजाल भने होम आइसोलेसनमा रहेका छन् । रायमाझी र भट्टराइले सोमबार बिहान कोरोनाको पीसीआर परीक्षण गराएका उनीहरुको सोही दिन साँझ पोजेटिभ रिपोर्ट आएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !