जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्र दिवस मनाउॅदै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै रहेको खुलासा गरेका छन्।
भट्टराईले तत्कालीन माओवादी र ७ दल बीच १२ बुॅदे समझदारी हुनुअघि ओली रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै रहेको बताएका छन्। ओली बयलगाडे महावाणीहरू ओकलिंदै रहेको उनले बताएका छन्।
उनले लेखेका छन्, “लोकतन्त्र दिवस मनाउॅदै गर्दा सबैले याद राखौं-तत्कालीन माओवादी र७दल बीच१२बुॅदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै थियो!बयलगाडे महावाणीहरू ओकलिंदै थिए!शक्तिकेन्द्रहरू २-खम्बे नीति फलाक्दै थिए!अनि आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन्!”
लोकतन्त्र दिवस मनाउॅदै गर्दा सबैले याद राखौं-तत्कालीन माओवादी र७दल बीच१२बुॅदे समझदारी हुनुअघि आन्दोलन रत्नपार्क वरिपरि बदाम खाएर घाम ताप्दै थियो!बयलगाडे महावाणीहरू ओकलिंदै थिए!शक्तिकेन्द्रहरू २-खम्बे नीति फलाक्दै थिए!अनि आज उनै बयलगाडे धरहरा चढेर परिवर्तनकामीहरूलाई दुत्कार्दैछन्!
— Baburam Bhattarai (@brb1954) April 24, 2021