११ असार २०८१, मंगलबार

संसदीय दलको नेतामा देउवाको विकल्प खोज्नु पर्ने महामन्त्री कोइरालाको दावी


shanshaak koirala

८ फागुन, चितवन । मंगलबार चितवनको भरतपुर विमानस्थलमा संचारकर्मीसंग नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले पार्टी संसदीय दलको नेतामा शेरबहादुर देउवाको विकल्प खोजी गर्ने बताएका छन् ।

महामन्त्री कोइरालाले सर्वसम्मत भएमात्रै आफू दलको नेता बन्ने तर संसदीय दलमा चुनाव नलड्ने प्रतिक्रिया दिएका छन् । उनले भने- सर्वसम्मात भए मात्र म बन्नेछु तर, चुनाव भने लड्दिन । उनले एमाले र माओवादी केन्द्रबीच एकता गर्ने सहमति भएकोमा आफू खुसी भएको प्रतिक्रिया दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !