७ मंसिर २०८१, शुक्रबार

रामकुमारी झाँक्रीले ओलीले सोधेको स्पष्टीकरणको जवाफ नै नदिएपछि…


रामकुमारी झाँक्री File Photo

काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सम्पन्न भएको छ । आज प्रधानमन्त्रीको सरकार निवास बालुवाटारमा बसेको बैठकमा ओलीले १९ सदस्यीय स्थायी कमिटीपनि विस्तार गरेका छन् ।

ओलीले यसअघि आफूले माधव नेपालसहित उनी पक्षधर २७ जना प्रतिनिधि सभा सदस्यहरुलाई सोधेको स्पष्टीकरणको जवाफ प्राप्त गरेकाहरुमध्ये धेरै जवाफ नरम रहेको बारे पनि बैठकलाई जानकारी गराएका छन् । स्रोतकाअनुसार अहिलेसम्म योगेश भट्टराई, रामकुमारी झाँक्रीलगायत पाँच सांसदले स्पष्टीकरण पेस गरेका छैनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !