१४ बैशाख २०८१, शुक्रबार

स्पष्टीकरण सोधिएका एमाले सांसदलाई कारबाही गर्ने जिम्मा स्थायी कमिटीलाई


राष्ट्रिय महाधिवेशन समितिको दोस्रो बैठक

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले अनुशासन बाहिर गएर काम गरेको आरोप लगाउँदै स्पष्टीकरण सोधेका २७ सांसदलाई कस्तो कारबाही गर्ने भन्ने जिम्मा स्थायी कमिटीलाई दिएको छ ।

आज शुक्रबार बसेको एमालेको १० औँ राष्ट्रिय महाधिवेशन समितिको दोस्रो बैठकले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरणमा आग्रहपूर्ण दृष्टिकोण राख्ने र विगतमा गुटगत गतिविधि गरेको भए पनि सच्चिएर आउनेलाई पार्टीमा स्पेस दिने बताएका छन् ।

एमालेले माधव नेपाल, झलनाथ खनालसहित प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोधेको थियो । तीमध्ये कर्णालीका ४ जनालाई पार्टी र संसद सदस्यबाट निष्कासनको निर्णय भएको छ । योगेश भट्टराईसहित ५ जनाले स्पष्टीकरण पेस गरेका छैनन् ।

उनले अहिले पार्टीमा क्रियाशील १९ जनालाई स्थायी कमिटी सदस्य बनाइएको र आवश्यक परे संख्या बढ्ने पनि जानकारी दिए । केन्द्रीय कमिटीमा रहेकाहरुको कार्यविभाजन गरिएको उनको भनाइ छ ।

त्यस्तै माधवकुमार नेपाल समूहका नेताहरुलाई मुल पार्टीमा फर्कन आजको बैठकले आह्वान गरेको ज्ञवालीको भनाइ छ । त्यस्तै जनप्रतिनिधिलाई पनि पार्टीको निर्णय ख्याल गर्न भनिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !