१२ असार २०८१, बुधबार

खनाल-नेपाल समूह छोडेर आएका शेरबहादुर तामाङलाई ओलीले दिए यतिठूलो उपहार

शेरबहादुर तामाङले पाए एमाले कार्यालय सचिवको जिम्मेवारी


शेरबहादुर तामाङ

काठमाडौं । सत्तारुढ दल नेकपा (एमाले) को खनाल-नेपाल समूह छोडेर आएका शेरबहादुर तामाङलाई प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमाले कार्यालय सचिवको जिम्मेवारी दिएका छन् ।

बागमती प्रदेशका सह इन्चार्ज समेत तामाङलाई आज शुक्रबार बालुवाटारमा बसेको दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको दोस्रो बैठकले जिम्मेवारी तोकेको हो ।

प्रतिनिधिसभा सदस्य तथा पूर्वकानुनमन्त्री समेत रहेका भद्र विद्वान नेता तामाङ नेकपाको विवाद उत्कर्ष पुगेको बेला खनाल-नेपाल समूह छाडेर केपी ओलीतिर लागेका थिए । यसअघि एमालेको कार्यालय सचिव रहेका कृष्ण गोपाल श्रेष्ठ हाल शिक्षामन्त्री बनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !