१२ बैशाख २०८१, बुधबार

माओवादी केन्द्रको स्थायी समिति बैठक भोलि सोमबार बस्दै


नेकपा माओवादी केन्द्र पार्टी कार्यालय पेरिसडाँडामा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक सोमबार बस्ने भएको छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले सोमबारका लागि स्थायी समितिको बैठक बोलाइएको जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !