२ जेष्ठ २०८१, बुधबार

एमाले र माओवादी वीचको पार्टी एकता संयोजन समिति बैठक आज नबस्ने


prachanda-and-kp-oli-

६ फागुन, काठमाण्डौ  ।  पार्टी एकता, सरकारमा सहभागिता तथा अन्य राजनीतिक विषयमा प्याकेजमा सहमति जुटाउन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोप्य वार्तामा छन् ।

भक्तपुरको पुरानो ठिमीस्थित एक व्यापारीको घरमा बिहान ११ बजेदेखि दुई नेताबीच छलफल जारी छ । छलफलमा माओवादीलाई मन्त्रीपरिषद्मा सहभागी गराउने, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख लगायतका पदहरुमा सहमति जुटाउने र पार्टी एकताबारेमा छलफल भइरहेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

एकता संयोजन समिति बैठक आज नबस्ने

ओली र प्रचण्डको गोप्य बैठकपछि बस्ने भनिएको एमाले-माओवादीको पार्टी एकता संयोजन समितिको बैठक आइतबार नबस्ने भएको छ । शनिबार ओली र प्रचण्डवीचको छलफलपछि आइतबारलाई एकता संयोजन समितिको बैठक डाँकिएको थियो तर बैठक आजका लागि स्थगित भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

एकता संयोजन समितिका सदस्य एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल काठमाण्डौ बाहिर भएकोले एकता संयोजन समिति बैठक स्थगित भएको हो । नेता नेपाल गृहजिल्ला रौतहट गएका छन् । उनी सोमबार मात्रै राजधानी फर्किने कार्यक्रम रहेको छ ।-थाहा खबर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !