६ बैशाख २०८१, बिहिबार

गण्डकी र कर्णाली प्रदेशबारे बाबुराम भट्टराईले लेखे स्टाट्स


डा. बाबुराम भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गण्डकी र कर्णाली प्रदेशको सन्देश बेलैमा बुझ्न आग्रह गरेका छन्। उनले ! मूल्यमान्यताको राजनीतिलाई कानुनी भ्रमजालले छोप्ने दुष्प्रयास नगर्न समेत आग्रह गरेका छन्।

उनले सामाजिक संजालमा लेखेका छन्, “गण्डकी र कर्णाली प्रदेशको सन्देश बेलैमा बुझौं! मूल्यमान्यताको राजनीतिलाई कानुनी भ्रमजालले छोप्ने दुष्प्रयास नगरौं।कुनै घटनाको मुख्य चालकतत्व बाह्य हैन आन्तरिक हुन्छ भन्ने नभुलौं।सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने नबिर्सौं।भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुॅदैछ प्रतीक्षा गरौं!”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !