७ मंसिर २०८१, शुक्रबार

अन्तत: नहकुल सुवेदी र कुमार चुँडाल बन्ने भए सर्वोच्चको न्यायाधीश


नहकुल सुवेदी र डा. कुमार चुडाल

काठमाडौं । अन्तत: नहकुल सुवेदी र डा. कुमार चुँडाल सर्वोच्च अदालतको न्यायाधीश बन्ने भएका छन् । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका दुवै जना संसदीय सुनुवाइबाट अनुमोदन भएका छन् ।

आज शुक्रबार भएको सुनुवाइपछि दुवै न्यायाधीशको नाम सर्वसम्मत रूपमा अनुमोदन भएको हो । न्याय परिषदको बैठकले फागुन २८ गते उच्च अदालतका मुख्य न्यायाधीशद्वय चुडाल र सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो ।

आज शुक्रबार संसदीय सुनुवाइ समितिले उनीहरु योग्यता, क्षमता र अनुभवका आधारमा उक्त पदका लागि योग्य देखिएकाले सर्वसम्मतिले अनुमोदन गरेको निर्णय गरेको हो ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि प्रस्तावित न्यायाधीश चुडाल र सुवेदीलाई राष्ट्रपतिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !