७ बैशाख २०८१, शुक्रबार

ओलीलाई ठुलो धक्का: योगेश भट्टराईले निकाले यस्तो महत्वपुर्ण प्रेस विज्ञप्ती


योगेश भट्टराई

नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता योगेश भट्टराईले एक प्रेस विज्ञप्ती निकालेका छन्। भट्टराईले प्रेस विज्ञप्ति निकाल्दै नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस २०७८ वैशाख ९ गतेलाई भव्य रुपमा मनाउन विभिन्न कार्यक्रम आयोजना गर्ने सन्दर्भमा स्थायी कमिटी सदस्य कमरेड सुरेन्द्र पाण्डेको अध्यक्षतामा विशेष वैठक बसेको भन्दै प्रेस विज्ञप्ती निकालेका छन्।

यस्तो छ प्रेस विज्ञप्ती
नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवस अप्रिल २२ (२०७८ वैशाख ९ गते) लाई भव्य रुपमा मनाउन विभिन्न कार्यक्रम आयोजना गर्ने सन्दर्भमा नेकपा (एमाले) स्थायी कमिटी सदस्य कमरेड सुरेन्द्र पाण्डेको अध्यक्षतामा आज विशेष वैठक वस्यो । उक्त वैठकले ७२औं नेकपा स्थापना दिवसका अवसरमा ‘नेकपा (एमाले)को एकता बचाऔँ, कम्युनिष्ट आन्दोलनको रक्षा गरौँ’ भन्ने मूल नाराका साथ देशव्यापी विविध कार्यक्रम आयोजना गर्ने स्थायी कमिटीको पूर्व निर्णयलाई कार्यान्वयन गर्ने सन्दर्भमा थप केही निर्णयहरु गरेको छ ।
१. राजधानी (उपत्यका)मा पार्टी स्थापना दिवसका अवसरमा २०७८ वैशाख ९ गते अपरान्ह १ बजे काठमाडौंको प्रज्ञा भवन कमलादीको हलमा विशेष कार्यक्रम आयोजना गर्ने ।
२. उपत्यका बाहिर मातहत कमिटीहरुले आफ्नो स्थानीय अनुकुलता अनुसारका कार्यक्रम बनाई नेकपाको ७२ औं स्थापना दिवस मनाउने ।
३. देशका विभिन्न भागमा र राजधानीको प्रज्ञा भवनको हलमा आयोजना हुने कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन पार्टीका सम्पूर्ण नेता, कार्यकर्ता एवम् सदस्यहरुलाई हार्दिक आव्हान गर्ने ।
आजको बैठकमा जनसंगठन तथा मोर्चा संगठनका इन्चार्ज रहनुभएका स्थायी कमिटीका सदस्य कमरेडहरु, सम्पर्क समन्वय कमिटीका संयोजक तथा सह संयोजक कमरेडहरु, उपत्यका विशेष कमिटीका संयोजक कमरेड, उपत्यकाका तीनवटै भुगोल कमिटीका इन्चार्ज तथा अध्यक्षहरु, जनसंगठन तथा मोर्चा संगठनका प्रमुखहरु लगायत सहभागी हुनुहुन्थ्यो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !