४ आश्विन २०८१, शुक्रबार

प्रदेश नम्बर ५ को उपसभामुख छान्नका लागि आज चुनाव हुदै


Pradesh-5-sabha

६ फागुन, बुटवल । प्रदेश नम्बर ५ को उपसभामुखका लागि आज निर्वाचन हुने भएको छ । उपसभामुख चयन गर्न दिउँसो १ बजे प्रदेशसभा बैठक तय गरिएको छ ।

उपसभामुख मनोनयनका लागि वाम गठबन्धनको तर्फवाट एमाले सांसद् कृष्णी थारु र कांग्रेसकी रिना खनाल बिकको उम्मेदवारी परेको थियाे । यिनै दुई उम्मेदवारबीच आज प्रतिष्पर्धा हुँदैछ । प्रदेश सभामुख पूर्णबहादुर घर्तीले उपसभामुख चयनका लागि दिउँसो १ बजे बस्न लागेको बैठक डेढदेखि २ घण्टासम्म चल्ने जानकारी दिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !