१२ बैशाख २०८१, बुधबार

केशब बडाललाई कांग्रेस नेता मोहन बस्नेतले तँ डाका, देशद्रोही कम्युनिष्ट भन्दै यतिसम्म गाली गरे


काठमाडौं । नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेत र एमाले नेता केशब बडालवीच भनाभन भएको छ। पत्रकार ऋषि धमलाको जनता जान्न चाहन्छन् कार्यक्रममा धमलाले प्रधानमन्त्री केपी शर्मा ओलीले धेरै काम त गर्नुभएको छ नि ? भनेर आफ्नो कुरा राख्छन् । धमलाको जिज्ञासा भुईँमा खस्न नपाउँदै नेता बस्नेतले जवाफ फर्काए-“काम गर्नुभएको छ भन्या, वाईडबडी किनेर ल्यायो ? ख्वाप्प । चार अर्बको हिसाबकिताब छैन् ।”

बडालले नेता बस्नेतलाई फटाहा कुरा गरिराखेको दाबी गर्छन् । तर, बस्नेत झनै आक्रामक रुपमा प्रस्तुत भए । उनले तुरुन्तै जवाफ फर्काए-“तपाईँ चोर कुरा गर्दै हुनुहुन्छ । बढि कुरा गर्ने ? के शब्द प्रयोग गरेको ? सम्हालिएर बोल्नुहोस । फटाहा भन्ने ? त्यसो नभन्नुहोस ।” बडालले भने विनम्र भएर तपाईँले असत्य बोल्नुभएको छ भनेर जवाफ फर्काउँछन् । तर, बस्नेत झनै आक्रमक रुपमा प्रस्तुत हुँदै भन्छन्-“फटाहा किन भन्छस ? साले, डाका, देशद्रोही कम्युनिष्ट । फेरि बडाल बोल्न खोज्छन् । तर, बस्नेतले ‘चुप’ भन्दै कडा रुपमा आफूलाई प्रस्तुत गर्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !