७ बैशाख २०८१, शुक्रबार

मलाई चाहिदैन तिम्रो समर्थन, शक्ति छ भने फिर्ता लैजाऊ : प्रधानमन्त्री ओली


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले जसलाई पनि प्रधानमन्त्री बन्न आग्रह गर्दा हिडेको आरोप लगाएका छन् । आफूलाई साधारण सदस्यवाट समेत हटाएर आफूलाई सिध्याउन खोजेको भन्दै प्रचण्डले गर्दा १७ हजार मानिस मर्न बाध्य भएको बताए ।

नेकपा एमाले ओली समूह आवद्ध उत्पीडित जातिय मुक्ति समाजको कार्यक्रममा बोल्दै उनले प्रचण्ड महन्थ ठाकुर, शेरबहादुर देउवा लगायत नेताहरुलाई प्रधानमन्त्री बन्न धोका ढकढकाई हिडेको आरोप लगाए ।

ओलीले प्रचण्डको योजना कम्युनिष्ट आन्दोलन अन्त्य गर्ने रहेको बताए । प्रचण्डलाई सरकारलाई दिएको समर्थन फिर्ता लिए हुन्छ भन्दै उनले भने, “तिम्रो समर्थन चाहिदैन । लैजाऊ, म संग बहुमत छ, किन माग्छौं राजीनामा ?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !