७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओली र सीके राउतप्रति भीम रावल बने यतिधेरै आक्रोशित


भीम रावल

काठमाडौं । एमालेका नेता भीम रावलले हालै सीके राउतको सम्मेलनमा ‘स्वतन्त्र मधेश’ को ब्यानर-झण्डा राखिएको प्रति प्रश्न गरेका छन् ।

राउतसंगको सम्झौतामा दुई देशबीच जस्तो भाषा प्रयोग र सभागृहमा महान व्यक्तित्व झैं किन प्रस्तुत गरियो भनी आफूले प्रश्न उठाउँदा जवाफमा ‘स्वतन्त्र मधेश’को नारा छोडेको भनिए पनि अहिले ‘स्वतन्त्र मधेश’ को ब्यानर-झण्डा राखिएको भन्दै रावलले आपत्ति जनाएका छन् ।

रावलले हालै सीके राउतको सम्मेलनमा ‘स्वतन्त्र मधेश’ को ब्यानर-झण्डा राखिएको प्रति प्रमं केपी किन मौन ? भन्दै प्रश्न गरेका छन्।

रावलले सामाजिक संजालमा लेखेका छन्, “सीके राउतसंगको सम्झौतामा दुई देश बीच जस्तो भाषा प्रयोग र सभागृहमा महान व्यक्तित्व झैं किन प्रस्तुत गरियो भनी मैले कुरा उठाएको थिएँ। जवाफमा ‘स्वतन्त्र मधेश’को नारा छोडेको भनिएको थियो।तर हालै सीके राउतको सम्मेलनमा ‘स्वतन्त्र मधेश’ को ब्यानर-झण्डा राखिएको प्रति प्रमं केपी किन मौन?”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !