४ बैशाख २०८१, मंगलबार

सांसद पद गुमाएका यी ४ नेतालाई ओलीले दिए यतिठुलो उपहार


टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरी

काठमाडौं । नेकपा माओवादी केन्द्र छोडेर नेकपा एमालेमा लागेका ४ जना नेताको सांसद र मन्त्री पद च्वाट भएको एक दिन नबित्दै शुक्रबार फेरि मन्त्री पदको शपथ लिने भएका छन् ।

प्रतिनिधिसभाको हिजो बिहीबार बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका ४ जना सांसद पदमुक्त भएको जानकारी गराएका थिए ।

माओवादी केन्द्रले उद्योगमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह, ऊर्जामन्त्री टोपबहादुर रायमाझी र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई सांसद पदवाट हटाउन संघीय संसद् सचिवालयलाई पत्राचार गरेपछि उनीहरु पदमुक्त भएका थिए ।

रायमाझी, भट्ट, साह र चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् । उनीहरुको शपथ शुक्रबार साँझ ५ बजे तोकिएको स्रोतले बतायो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !