६ बैशाख २०८१, बिहिबार

टाेपबहादुर रायमाझीसहित चार मन्त्रीको सांसद पद खारेज भएपछि सुर्य थापाले दिए कडा प्रतिक्रिया


सूर्य थापा

काठमाडौं । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले टाेपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गाैरीशंकर चाैधरी केवल पद प्रतिष्ठाकाे लागि राजनीति नभएको बताएका छन्। माओवादी केन्द्रले यी नेताहरुलाई सांसद पदवाट हताउएपछि थापाले यस्तो बताएका हुन्।

एक स्टाटस लेख्दै थापाले राजनीतिक निष्ठाकाे लागि सबथाेक हैसियत त्याग गर्ने स्परिटसाथ लामाे यात्रामा अघि बढेको बताएका छन् । थापाले उनीहरुहरूले हिजाे छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएकाे गाैरवमय इतिहास साक्षी भएको बताएका छन्।

उनले लेखेका छन्, “टाेपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गाैरीशंकर चाैधरी- केवल पद प्रतिष्ठाकाे लागि राजनीति हाेइन, राजनीतिक निष्ठाकाे लागि सबथाेक हैसियत त्याग गर्ने स्परिटसाथ लामाे यात्रामा अघि बढ्नुभएकाे छ । उहाँहरूले हिजाे छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएकाे गाैरवमय इतिहास साक्षी नै छ ।”

बिहवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुखले टाेपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गाैरीशंकर चाैधरीको सांसद पद रिक्त भएको बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !