१३ बैशाख २०८१, बिहिबार

अबको नयाँ प्रधानमन्त्री शेरबहादुर देउवा ?


शेरबहादुर देउवा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार गठनमा नेपाली कांग्रेस अग्रसर देखिएको छ। कांग्रेसभित्र लामो समयदेखि विवाद भएपनि केहि समय अगाडी मात्र सरकार गठन गर्न समहती भएको छ।

प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने कांग्रेस सहमति भएको हो। माओवादी केन्द्र पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकार गठनमा अगाडी बढ्ने निर्णयमा पुगेको छ। केहि समय अगाडी बसेको संसदको बैठकमा माओबादी केन्द्रका मुख्य सचेतक देव गुरुङले ओलीलाई राजीनामा कि विश्वासको मत लिन आग्रह गरेका थिए।

देव गुरुङको उक्त आग्रहपछि माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयमा पुगेको हो। माओबादी केन्द्रले अब केहि दिनमै समर्थन फिर्ता लिने पार्टीका नेता बर्षमान पुनले बताए थिए। पुनले अब केहि दिनमै समर्थन फिर्ता लिने बताएका थिए।

ओलीको राजीनामापछि नयाँ प्रधानमन्त्रीको लागि ओली आफैंले जसपाका अध्यक्ष महन्त ठाकुरलाई अगाडी सारेका छन्। ठाकुरलाई नयाँ प्रधानमन्त्री बनाउने ओली तयारीमा छन् । ओलीले आफूले राजीनामा दिनुपर्ने भए पनि ठाकुरलाई नै प्रधानमन्त्री बनाउने तयारीमा छन्। तर कांग्रेसका सभापति शेरबहादुर देउवा भने आफू प्रधानमन्त्री बनेर आफ्नै नेतृत्वमा सरकार गठन गर्ने तयारीमा छन्।

माओबादी केन्द्र र माधव नेपाल-झलनाथ खनाल समूहले भने कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री बन्न आग्रा गर्दै आएको छ। देउवालाई प्रधानमन्त्री बन्न आग्रह गरेता पनि देउवा लामो समयदेखि मौन थिए। तर केहि समय अगाडी मात्र देउवा प्रधानमन्त्री बन्न तयार भएका छन्।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ठाकुरलाई प्रधानमन्त्रीको अफर गरेका छन्। तर ओलीले ठाकुरलाई अफर गरे पनि कांग्रेस र माओबादी केन्द्रले समर्थन भने पाउन सक्ने स्थिति छैन। त्यसैले गर्दा पनि ठाकुर प्रधानमन्त्री बन्ने सम्भावना कम देखिएको छ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !